चाबि पद: २ तिमोथी ४:१२
यो पत्र पावलले रोममा कैदमा लेखेका थियो। पावललेतुखिकसलाईएफेससमा पठायो। यद्यपी, एफेससमातिमोथी थियो। कति बाइबल अध्ययन-कर्ताहरूमा यो प्रश्न उठ्ने गर्छ कि किन पावललेएफेससमातिमोथीहुँदाहुँदैतुखिकसलाई पठायो। जवाफ धेरै होलान् तर एउटा कुरा पक्का छ, रोममा भन्दा एफेससमा उसको आवश्यकता धेरै थियो। शायद तिमोथीको निम्ति एउटा विश्वासयोग्य साथी हुन, वा केही समयको निम्ति तिमोथीको विकल्प हुन किनभने तिमोथीलाईपावलले रोममा बोलाएको थियो (२ तिमोथी ४:९)। तुखिकसको बारेमा बाइबलले जेजति ठाउँहरूमा उल्लेख गरेको छ, ति सबै ठाउँहरूमा उनलाई चरित्रवान् व्यक्तिको रूपमा उल्लेख गरिएको छ। एउटा व्यक्तिको बारेमा बारम्बार सकारात्मक कुरा गरिन्छ भने उसलाई एउटा असल परमेश्वरको जन भन्न सकिन्छ। उनैतुखिकसका केही असल चरित्रहरूलाई आज हामी हेरौं।
एफेससमा भएको हूलदङ्गामा पावललाई विरोधीहरूले ठूलो निशाना बनाएको थियो (प्रेरित १९)। उनका विरोधीहरूको षडयन्त्र ग्रीस देशमा समेत कायम रह्यो। जहाँ उनि म्यासिडोनियाबाट भएर फर्कने क्रममा उनलाई ७ जना व्यक्तिहरूले साथ दिए, जसमा एकजना तुखिकस पनि थिए। यो साथ, यात्राको साथ थिएन तर सेवाकार्यको साथ थियो (प्रेरित २०:५-६)। परमेश्वरको सेवामा सेवकहरूले एकअर्कालाई साथ दिनु, सान्त्वना दिनु, प्रार्थना गर्नु अति महत्वपूर्ण हुन्छ। तुखिकस पनि यस्तै सान्त्वना दिने व्यक्ति थिए (एफेसी ६:२१-२२)। परमेश्वरले हामीलाई "हाम्रा हृदयहरूमा सान्त्वना दिन अनि हरेक असल वचन र काममा हामीहरूलाई स्थिर पार्न (२ थेस्सोलोनिकी २:१७) यस्ता व्यक्तिहरू खटाउनु हुन्छ। सान्त्वना भनेको म तपाईंको निम्ति प्रार्थना गर्छु भन्ने मात्र होइन तर म तपाईंको निम्ति के गर्न सक्छु सो गर्न हरदम तयार छु भन्ने हो।
उनि जो एशियाका बासिन्दा थिए, पावललाईएशियासम्मै साथ दिए (प्रेरित २०:४)। प्रेरित १०:२३ मा पत्रुसलाई साथ दिनेहरू पनि यस्तै व्यक्तिहरू थिए।
प्रिय शब्द अति सुन्दर शब्द हो। परमेश्वरले समेत प्रभु येशूलाई प्रिय पुत्र भनि सम्वोधन गर्नुभयो। कसैको निम्ति प्रिय हुन सक्न आफैलाई ईश्वरीय स्वभावहरूमा धेरै परिवर्तन गर्नुपर्छ। तुखिकसपावलको प्रिय भाई थियो। ओनेसिमस जस्तै दुबै शरीरमा पनि र प्रभुमा पनि प्रिय भाई (फिलेमोन १६)।
तुखिकस एक विश्वासयोग्य सेवक पनि थिए (एफेसी ६:२१)। यस्तो विश्वासयोग्य कि पावलका सबै वास्तविकताहरूलाई अरूहरूको माझमा पुर्याउन सक्ने। मानिसहरूमा यस्तो विश्वासयोग्यता पाउन गाह्रो हुन्छ किनभने धेरै मानिसहरू कि त सबै खबर पुर्याउँदैनन् कि त अनावश्यक थपथाप पार्छन्। शायद तुखिकसलेपावल रोममा आरामले बसेको छ भनेर गलत समाचार सम्प्रेषण गर्न सक्थे तर उसले त्यसो गरेनन् किनभने ऊ विश्वासयोगय सेवक थियो र उसलाई प्रभुको डर थियो, अनि पावललाई यो कुरा शतप्रतिशत थाहा थियो। सेवक विश्वासयोग्य हुनुपर्छ (१ कोरिन्थी ४:१-४)।
तुखिकसपावलको सङ्गी-दास पनि थियो,इफाप्रास जस्तै (कलस्सी १:७)। सङ्गी-दासको अर्थ "एउटै मालिकका सेवकहरू"। त्यहाँ कुनै भेद-भाव, सानो-ठूलो छैन। पावल र तुखिकस परमेश्वरका सङ्गी-दासहरू थिए। पावलले कहिले पनि आफ्ना सङ्गी-दासहरू प्रति मालिककोझैं व्यवहार गरेन किनभने उसलाई थाहा थियो उसको र सबैको एउटै मालिक प्रभु येशू हुनुहुन्छ। हो, परमेश्वरले हामी मध्ये कतिलाई गोठालो (पाष्टर), सेवक (डिकन), प्रचारक, शिक्षक (अगुवाहरू) हुन दिनुभएको छ तर यिनीहरूचाहिँसमुहलाई व्यवस्थित पार्नको निम्ति हो तर मालिक र दास बन्न-बनाउन होइन।
तुखिकस एक समर्पित व्यक्ति थिए। तुखिकसलेपावललाईट्रोआसमा पर्खिरहेका थिए। यो परमेश्वरका सेवकहरूलाई ठूलो पाठ हो, एक-अर्कालाई पर्खनु तर छिचोलेर जानु (Overtake) होइन। पावलको परमेश्वर प्रतिको सेवा कस्तो थियो भन्ने कुरा तुखिकसलाई राम्ररी थाहा भएको हुनुपर्छ, त्यसैले त ऊ पावल प्रति हरेक समय समर्पित थियो। परमेश्वर आफ्ना सबै जनहरू पनि तुखिकस जस्तै समर्पित भएको देख्न चाहनुहुन्छ। तब मात्र विश्वासीहरूको निम्ति परमेश्वरको काम र विश्वास नगर्नेहरूको निम्ति सुसमाचारको आज्ञा पुरा हुन्छ।
तुखिकस पठाउन योग्य व्यक्ति थिए। हामीले उसको बारेमा हेर्यौं, ऊ साथ दिने व्यक्ति थियो, ऊ प्रिय भाई थियो, विश्वासयोग्य सेवक थियो, सङ्गी-दास थियो, र समर्पित व्यक्ति थियो। के यस्तो व्यक्तिलाई जिम्मा दिएर पठाउँदा कुनै शंका गर्ने ठाउँ होला?झन् उहि व्यक्ति तुखिकसलाई २ तिमोथी ४:१२ मा मात्र नभएर एफेसी ६:२२ र तीतस ३:१२ मा समेत पठाइएको कुरा उल्लेख गरिएको छ। एउटै व्यक्तिलाई कति धेरै ठाउँमा विश्वास गरिएको छ, निश्चयनैविश्वासीलोभएरनै हुनुपर्छ। के तपाईंलाई कसैले यति धेरै विश्वास गर्न सक्छ? तुखिकस जस्तो पठाउन योग्यको व्यक्तिले सबैको हितको निम्ति काम गर्छ।