
सामाग्रीहरूचाबी पद: एफेसी ५:१० "प्रभुलाई मनपर्ने कुरा के हो, सो जाँचेर थाहा गर।"
उत्पत्ति ४:४-५ मा, "...अनि परमप्रभुले हाबिललाई र उसको भेटी ग्रहण गर्नुभयो; तर कैनलाई र त्यसको भेटी उहाँले (परमेश्वरले) ग्रहण गर्नुभएन", भन्ने कुरा पढ्न पाइन्छ। शुरू देखिनै मानिसहरूले आफ्नै तरिकाद्वारा परमेश्वरलाई भेटी चढाउने र उहाँको उपासना गर्ने कोसिस गरिरहेको कुरा बाइबलमा पढ्न पाइन्छ। मानिसहरू सधैं परमेश्वरलाई आफ्नै तिरिकाद्वारा खुशि पार्न चाहन्छन् तर परमेश्वरलाई मनपर्ने कुरा के हो भन्ने कुराको जाँच गर्न मानिसहरूले कहिल्यै पनि कोसिस गरेनन्। यस सवालमा धेरै क्षेत्रहरूमा मानिस चुकेका छन्। सङ्गीत पनि एउटा यस्तै क्षेत्र हो। मानिसहरू (विशेष गरी ख्रीष्टियानहरू) परमेश्वरलाई आफ्नै तरिका अर्थात कैनको तरिकामा परमेश्वरको उपासना गर्न कोशिश गरिरहेका छन्।
चाबि पद: प्रेरित ४:३६-३७
यि पदहरूमा हामी पहिलो पटक बर्नबास नाम भएका व्यक्तिलाई देख्न सक्छौं। बाइबलको यो समयमा यस व्यक्तिले आफ्नो जमिनलाई बेचेर प्रेरितहरूको खाँचोहरू पूरा गर्न सहायता गरेका थिए।
बाइबलमा हामी बर्नबासको बारेमा धेरै पढ्न नपाएतापनि, परमेश्वरले यस व्यक्तिलाई महान् कार्यको निम्ति प्रयोग गर्नुभएको देख्न सकिन्छ। यिनै व्यक्तिको बारेमा र परमेश्वर प्रति यस व्यक्तिको सेवाकार्यको सम्बन्धमा केही कुराहरू हेरौं।
बर्नबासको नामको अर्थ "सान्त्वनाको पुत्र" हो। सान्त्वनाको अर्को अर्थ ढाडस पनि हुन्छ। यि व्यक्ति पावलका सहयोगी थिए, यसैले उनलाई भन्दा पावललाई बढि केन्द्रित बनाईएको हो। बर्नबासले नयाँ विश्वासीहरुको हेरचाह गरिरहेका थिए भन्ने कुरा प्रेरित ९:१-६, २६-२७ मा पढ्न पाइन्छ।
एउटा ख्रीष्टियानको रूपमा हामीले नयाँ चेलाहरूलाई तयार पार्नुपर्दछ। यसको अर्थ हामीले उनिहरूलाई बाइबलको आधारभूत सत्यता सिकाउन सहयोग गर्नुपर्दछ। जस्तैः
चाबि पद: २ तिमोथी ४:१२
यो पत्र पावलले रोममा कैदमा लेखेका थियो। पावलले तुखिकसलाई एफेससमा पठायो। यद्यपी, एफेससमा तिमोथी थियो। कति बाइबल अध्ययन-कर्ताहरूमा यो प्रश्न उठ्ने गर्छ कि किन पावलले एफेससमा तिमोथी हुँदाहुँदै तुखिकसलाई पठायो। जवाफ धेरै होलान् तर एउटा कुरा पक्का छ, रोममा भन्दा एफेससमा उसको आवश्यकता धेरै थियो। शायद तिमोथीको निम्ति एउटा विश्वासयोग्य साथी हुन, वा केही समयको निम्ति तिमोथीको विकल्प हुन किनभने तिमोथीलाई पावलले रोममा बोलाएको थियो (२ तिमोथी ४:९)। तुखिकसको बारेमा बाइबलले जेजति ठाउँहरूमा उल्लेख गरेको छ, ति सबै ठाउँहरूमा उनलाई चरित्रवान् व्यक्तिको रूपमा उल्लेख गरिएको छ। एउटा व्यक्तिको बारेमा बारम्बार सकारात्मक कुरा गरिन्छ भने उसलाई एउटा असल परमेश्वरको जन भन्न सकिन्छ। उनै तुखिकसका केही असल चरित्रहरूलाई आज हामी हेरौं।